सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा वनबाट सल्किएको आगोले गोठमा क्षति

२०८० चैत्र २५, ०७:३७

धनगढी : डडेल्धुरामा वनबाट सल्किएको आगोले गोठमा क्षति भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ सल्लेरी सामुदायिक वनमा लागेको आगो ललित देवकोटाको गोठमा सल्किएको हो।

उनको गोठमा लागेको आगोका कारण एक गाइको बाच्छो मरेको छ। तीन वटा गाई जलेर घाइते भएका छन्। देवकोटाका घरमा रहेको लत्ता–कपठा, खाद्यान्न लगाएतका सामान जलेका छन्। प्रहरीका अनुसार मानवीय क्षति भएको छैन। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन। स्थानीय र प्रहरीहरूले आयो नियन्त्रणमा लिएका थिए।

 

कमेन्ट लोड गर्नुस