सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चैतन्य पाठशालामा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्मन्न

२०८० चैत्र २४, ०६:१४ खबर संवाददाता

धनगढीः धनगढीको चैतन्य पाठशालाले चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।

अहिलेको आधुनिक शिक्षा र २१ औं शताब्दीमा अभिभावककत्व भने मुल नाराकासाथ पाठशालाले आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको हो। कार्यक्रममा प्रमुख अतिथि रहेको डाक्टर हेमराज पन्तले यो समाज परिवार राष्ट्र निमार्ण पहिचान युक्त सभ्य समाज बनाउँन हामीले आफूबाट, आफ्नो घरबाट सरु गर्नुपर्ने बताए। जुन ठाउँमा बालबालिका र राम्रो वातावरण छ त्यही ठाउँमा राख्न र आवश्यक रहेको उनले बताए।

त्यस्तै चैतन्य पाठशालाका प्रध्यापक कटकबहादुर सिहंले धनगढीमा अरु बिध्यालयले ज्ञान, सीप दिएको छ जुन शुल्कमा पठन पाठन, कम शुल्कमा शिक्षा दीक्षा दिईको छ त्यो भन्दा राम्रो गुणस्तर चैतन्य पाठशालाले दिएको बताए। पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले आजको एक बालक विश्व बजारमा विश्व समाजमा भोलिका दिनमा प्रतिस्पर्धा गर्ने सक्छ कि सक्दैन त्यो चिन्तन भिजन लियर चैतन्य पाठशाला परिवार तेस्तो नागरिक उत्पादन गर्ने तर्फ लागेको बताए।

कार्यक्रममा विभिन्न क्याम्पस तथा विद्यालयका शिक्षक, पत्रकार, अभिभावक लगायतको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस