सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती र महाकाली अस्पतालको स्तरोन्नती गर्ने प्रदेश सरकारको तयारी

२०७६ जेठ ८, ११:३९ खबर संवाददाता

सेती अस्पताल अस्पताल र महाकाली अञ्चल अस्पतालको स्तरोन्नती गर्ने सुदूरपश्चिम प्रदेश सरकारले तयारी थालेको छ। त्यस्का लागि दुवै अस्पतालहरुले आ–आफ्नो योजना समेत बनाईसकेको प्रदेश सरकारले दावी गरेको छ। सेती अञ्चल अस्पताललाई तीन सयदेखि पाँच सय शैया सम्म स्तरोन्नती गराउने तयारी भईरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश सरकाले भने सेती अञ्चल अस्पताललाई तीन सय भन्दा बढि शैयाको अस्पताल बनाउने तयारी भएपछि यति नै शैयाको हो भन्ने विषयमा मुख खोलेको छैन्। महाकाली अञ्चल अस्पतालमा पनि शैया बढाउने गरि तयारी भईरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले जानकारी दिए। सरकारको दावी छ। अहिले सेती अञ्चल अस्पताललाई स्तरबृद्धिका लागि आवश्यक उपकरण खरिद गर्न प्रदेश सरकारले २० करोड बजेट पनि उपलव्ध गराएको उनको दावी छ। 

महाकाली र सेती अञ्चल अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि अहिले दुवै अस्पतालहरुले सुधारका योजनाहरु बनाएर प्रदेश सरकारलाई बुझाएका छन्। अस्पतालले योजना बुझाएसंगै सेती अञ्चल अस्पताललाई ५ सय शैयामा स्तरोन्नती गर्ने छलफल पनि सुरु भएकोसेती अञ्चल अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए। ३६ बर्षदेखि अस्पतालको स्तरोन्नती नभएकै कारण सेवालाई प्रभावकारी बनाउन नसकिएको अस्पताल प्रशासनले बताउँदै आएको छ। विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती भयो। अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल सञ्चालन भएको छ। सेती अञ्चल अस्पतालमा ५० शैयामा नेपाल सरकारले स्वीकृत दिएको छ भने थप ७५ शैया अस्पताल आँफैले सञ्चालन गरेको छ। चलाउने अनुमति १ सय २५ शैयामा भए पनि बिरामीको चाप निकै बढि हुँदा झण्डै २ सय ५० शैया अस्पतालमा सञ्चालन रहेको छ तर पनि अस्पतालमा विरामीले उपचार पाउनै मुस्किल छ। सोही समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले योजना बनाईरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। 

साढे ३ दशकदेखि स्तरोन्नती नगरिदा अस्पतालमा जनशक्ती, संरचना र शैया अभावको बिकराल समस्या छ। अस्पतालमा सुदूरपश्चिमका ९ जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकी, जिल्ला अस्पतालहरु, महाकाली अञ्चल अस्पतालदेखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरावाट पनि विरामी रेफर भएर आउने गरेका छन। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला अस्पताललाई ३ सय र ५ सय शैयामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा परिचर्चा भएपनि स्तरोन्नती भने हुन सकेको छैन्। 
 

कमेन्ट लोड गर्नुस