सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा ४६० लिटर घरेलु मदिरा बरामद 

२०८० चैत्र २४, ०५:४५ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घरेलु मदिरा बरामद गरिएको छ।

पहलमानपुर, सुखड र साडेपानी बजारबाट मदिरा बनाउँन प्रयोग हुने कच्चा पदार्थसहित ४६० लिटर घरेलु मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

बरामद गरेको मदिरा घोडाघोडी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार पालले बताए। 
 

कमेन्ट लोड गर्नुस