सुदूर नेपाल संस्कृति सेवा समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
धनगढीः सुदूर नेपाल संस्कृति समाजको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिवार धनगढीमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो। समाजका अध्यक्ष हेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथि रहेका थिए। नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले तीन वर्ष अगाडि स्थापना भएको समाजले हरेक वर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको छ।
यो पटक ३३ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो भने संस्कृतिको जगेर्ना गर्न समाजले विभिन्न कार्यक्रम र सहयोग गर्दै आएको अध्यक्ष हेम अधिकारीले बताए।