सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाबाट खड्काको उम्मेदवारी दर्ता

२०८० चैत्र २४, ०५:२७ खबर संवाददाता

बझाङः राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेशसभा निर्वाचनको लागि किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि राप्रपाले खड्कालाई अघि सारेको हो।

राप्रपाका समर्थकहरु बाजागाजा र नारा जुलुससहित खड्काको उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

कमेन्ट लोड गर्नुस