सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजेन्द्र महतोले गरेको प्रदर्शनमा २७ जना घाइते

२०८० चैत्र २४, ०५:२२ खबर संवाददाता

काठमाडौँः राजेन्द्र महतो नेतृत्वका राष्ट्रिय मुक्ति क्रान्तिले आज (शनिवार) काठमाडौँमा गरेको प्रदर्शनमा २७ जना घाइते भएका छन्।

घाइते भएकाहरको राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा आफै पनि घाइते भएका छन्, उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। उनले भने, ‘हालसम्म २७ जना घाइते र तीन जना गिरफ्तार भएको तथ्यांक हामीसँग आइपुगेको छ, अरु संकलन भइरहेको छ।’

पक्राउ परेकाहरुमा सन्तोष मेहता, सनम लिम्बु र रामप्रवेश साह रहेका छन्। घाइतेहरुको बारेमा जानकारी लिन राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो ट्रमा सेन्टर पुगेका छन्।
 

कमेन्ट लोड गर्नुस