कैलालीको विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट, धनगढी-३ चटकपुर, धनगढी-७ बेली, धनगढी-८ धनगढीगाउँ, भजनी नगरपालिका-५ कौवाखेडाघाट र गोदावरी नगरपालिका-१ अत्तरियाबाट अबैंध रुपमा भारतबाट ल्याएका २ लाख ३ हजार २५० मूल्यको सामान प्रहरीले बरामद गरेको हो।
उक्त मूल्य बराबरको प्याज, चिनी, खानेतेल, मिश्री, पास्ता, मिठाई, प्लाष्टिक झिल्ली, पेय पदार्थ, सुट, सादा कपडा, रेडीमेड कपडा, वान पिस, कुर्ती, लेडिज सुरुवाल लगायतका सामान शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।