सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट फरार एक महिलासहित पाँच जना पक्राउ

२०८० चैत्र २३, ०६:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट विभिन्न मुद्धामा फरार रहेका एक महिलासहित पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामसिँ देवि सुनार, राम कुमार सुनार, निरज चन्द, अमित बम र नन्दादेवि रोकाया रहेका छन्। रामसिँ र रामकुमारलाई २०६४ बैशाख ५ गते दोहोरो नागरिकता लिएको आरोपमा दुई हजार जरिवाना तोकिएको थियो।

यस्तै चोरीमुद्धामा निरजलाई २०७६ मंसिर १७ गते ११ महिना ११ दिन कैद एक हजार जरिवाना, अमितलाई २०७९ कार्तिक ३ गते दुई महिना कैद ६५० रुपैँया जरिवाना तोकिएको थियो। जारी मुद्धामा नन्दादेविलाई २०५२ असार सात गते एक हजार जरिवाना तोकिएको थियो।

सजाय तोकेकै दिनबाट फरार रहेका उनीहरुलाइै शुक्रवार प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए।

कमेन्ट लोड गर्नुस