सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरीले समात्यो एकै दिन ९ जना फरार दोषी

२०८० चैत्र २२, ०९:०८ खबर संवाददाता

धनगढीः कैलालीबाट एकै दिन विभिन्न मुद्दाका ९ जना फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ९ जना दोषीलाई बुधवार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चोरी मुद्दामा ३५ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने भवानी प्रसादल संग्रोला, नक्कली मुद्रा सम्बन्धी मुद्दामा ४७ हजार ३ सय जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–७ बस्ने सुनिता राना, फौजदारी बिबिध मुद्दामा ३ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने रघुनाथ भट्ट, सोही मुद्दामा ३ हजार जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–६ बस्ने चन्द्रा देवी भट्ट, लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ बस्ने जयशंकर सिंह रहेका छन्।

यस्तै नकवजनी चोरी मुद्दामा २९ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने दिपक राज जोशी, लागूऔषध मुद्दामा ३ महिना २१ दिन कैद सजाय ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने घनश्याम जोशी, जारी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका–८ बस्ने शिवचरणी चौधरी र वन मुद्दामा १ लाख ५६ हजार ९८२ जरिवाना ठहर भएका कैलारी गाउँपालिका ८ बस्ने छेदुराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यी सबै ९ जना फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस