कञ्चनपुरमा खैरो हेरोईनसहित कैलालीका दुई युवक पक्राउ
धनगढीः कञ्चनपुरमा खैरो हेरोईनसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका-४ बेलौरीबाट १.०४ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित कैलालीको धनगढी उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सचिन राना र गोदावरी नगरपासिलका-५ बस्ने २२ वर्षीय जीवन चौधरी बुधवार राति पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। उनीहरुले प्रयोग गरेको मोटरसाईकल १ थान र खैरो हेरोईनसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ।