वन मुद्दामा दोषी भएका कञ्चनपुरको एक जना २८ वर्षपछि पक्राउ
कञ्चनपुरः वन मुद्दामा दोषी भएका कञ्चनपुरको एक जना २८ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०५२ भदौ ७ गतेको फैसलाले वन मुद्दामा २ हजार ४७४ जरिवाना ठहर भएपछि फरार रहेका बेल्डाडीगाउँपालिका–१ बेल्डाडी बस्ने ५० वर्षीय रमेश सिंह बुधवार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ। फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालतमा पेश गरेको जनाइएको छ।