बझाङको सेती नदीबाट एक किशोरीको उद्धार
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/434039130_3611771502418019_2048317591088559346_n.jpg?itok=hpRrcgFy)
धनगढीः बझाङको सेती नदीबाट एक किशोरीको उद्धार गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया सुनिता साकीको नदीबाट उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार किशोरीको नदीमा बग्दै गर्दा स्थानीय युवाहरुको समूहले उद्धार गरेको छ। उनले हाम फालेको वा अन्य कारणले बगेको विषयमा नखुलेको प्रहरीले बताएको छ।
तर, उनले जयपृथ्बी नगरपालिका–१० पानकोट पुल नजिकैबाट बुधवार सेतीनदीमा हाम फालेको स्थानियले बताएका छन्। उनको चैनपुरस्थित जयपृथ्वी अस्पतालमा उपचार हुँदैछ। घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)