सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नेचर गाईड सम्बन्धि सात दिने आरभुत तालिम सुरु

२०८० चैत्र २१, ०५:४१ खबर संवाददाता

डोटीः डोटीको झिग्रानामा बुधवार (आज) बाट नेचर गाईड सम्बन्धि सात दिने आरभुत तालिम सुरु भएको छ।

उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय  सुदूरपश्चिम प्रदेश अन्तरगत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाइ धनगढीको आयोजना तालिम हुन लागेको हो। साथै उक्त आधारभुुत तालिममा पुर्विचौकि गाउपालिका डोटी, सायल गाउपालिका डोटी, खप्तड छान्ना गाउपालिका बझाङ, राष्ट्रिय प्रकृति संरक्षण कोश एनटीएनसि शुक्लाफाटा र खप्तड राष्ट्रिय निकुञ्जको पनि सहकार्य रहेको छ।No description available.

झिग्राना स्थित खप्तड होमस्टेमा नेचर गाईडको आरभुत तालिम आज २१ गते देखि सुरु भएर २७ गते सम्म सञ्चालन हुनेछ। तालिममा सुदूर पश्चिम प्रदेश भित्रका ३० जना सहभागी छन्। तालिम पश्चात स्थानीय स्थरमा रोजगारी सृजना गरि आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तब्य सम्म  सहज रुपमा पुर्‍याउने र  सुदुर पश्चिमको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने आयोजकको दाबि छ। 
 

कमेन्ट लोड गर्नुस