सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जनाको शव फेला

२०८० चैत्र २१, ११:१६ खबर संवाददाता

धनगढीः कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक एक जनाको शव फेला परेको छ।

मोहन्याल गाउँपालिका–६ का महेन्द्र बिकको शव फेला परेको हो। शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो अवस्थामा रहेको मृतकको शव बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनको शव टीकापुर अस्पतालमा राखीएको र यसबारेमा थप अनुसन्धान भइरहेको टीकापुर प्रहरीले जनाएको छ। मृतक बिक कालिका माध्यामिक विद्यालय मोहन्याल–६ अजिंगरेमा अध्यापन गराउँदै आएका थिए।

कमेन्ट लोड गर्नुस