सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी पूर्वकमान्डर खाम पक्राउ

२०८० चैत्र २०, ०४:०३ खबर संवाददाता

काठमाडौं: नेकपा (माओवादी) का तत्कालीन कमान्डर कालीबहादुर खाम (विविध) पक्राउ परेका छन्। मङ्गलवार खामलाई काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले बताएको छ। 

रामेछापका रामहरि श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनी १५ वर्षदेखि फरार थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो।


सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो। घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी र गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। त्यही मुद्दामा गोविन्दबहादुर बटाला पनि अभियुक्त थिए। मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

खामको नाम २३ किलो सुन काण्डमा पनि मुछिएको थियो।

कमेन्ट लोड गर्नुस