सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राजिलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८० चैत्र १९, ०२:४७ खबर संवाददाता

ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतवारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताएका छन्।

गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको मृत्यु उल्लेख गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घटनामा करिब २० जना घाइते भएको स्थानीय मिडियाले आपतकालीन उद्धारकर्तालाई उद्धृत गर्दै जनाएका छन्।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यममा सम्प्रेषण भएको दुर्घटनाको भिडियोमा ठाडो उकालो सडकबाट बस एकाएक तल जुलुसमा सहभागी भएका मानिसहरूको भिडमा बजारिएको देखिएको छ। बस चालक घटनास्थलबाट भागेका  जनाएका छन्। रासस
 

कमेन्ट लोड गर्नुस