सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० चैत्र १९, ०८:३९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, धनगढी-३ चटकपुर र भजनी नगरपालिका-७ हलुनाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ७ हजार ३६ मूल्यको प्याज,चिनी,खाने तेल, चप्पल, साबुन, सुपारी, स्प्रे पेन्ट, मोबिल लगायतका सामान आईतवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलाालीले जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका-४ संबिधान चोक, भीमदत्त-१०सुकासाल, बेलौरी नगरपालिका-६ नकैया र दोधरा–चाँदनी नगरपालिका-७ बाबाथानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख १५ हजार मूल्यको प्याज,मिश्री,दाल,मैदा,साईकल थान–४ लगायतका सामान आईतवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुरप्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस