पेट्रोलको मुल्य ४ रुपैयाँले बढ्दा एलपी ग्यासको २७ रुपैँयाले घट्यो
काठमाडौंः नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ। आइतवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ।
यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ। डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूख्य भने हेरफेर भएको छैन। आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ।
यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ। तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो।