सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षातमा हुने डुवानको समस्या निराकरण गर्ने योजना ल्याउन धनगढीबासीको माग

२०७६ जेठ ७, ११:२८ रोशन भट्ट

आगामी आर्थीक वर्ष २०७६÷७७ का लागि योजना छनोटको प्रक्रिया सुरु भएका वेला धनगढीवासीले क्षणभरकै बर्षाले डुवान हुने समस्या निराकरणका योजना छनोट गर्न माग गरेका छन्। प्रत्येक वर्ष हुने डुवानको समस्याले जनधनको क्षती हुने गरेकाले धनगढीलाई डुवानको समस्याबाट छुटकरा दिने योजना ल्याउन माग गरिएको हो। उप–महानगरपालिकाको टोल–टोलमा ढल निकासको योजनाहरुलाई पनि प्राथमिकता दिन सुझाव दिईएको छ।

 धनगढी उप–महानगरपाललिका वडा नम्बर ३ चटकपुरको राना टोल डुवान प्रभावित क्षेत्र भएकाले आगामी आर्थीक वर्षका लागि योजना छनौट गर्दा डुवानको समस्या निराकरण गर्ने योजनालाई नै प्राथमिकतामा राख्नु पर्ने राना टोलका स्थानीय बलराम रानाले बताए। मोहना नदीको किनार नजिकै रहेको राना टोलमा करिव ७० परिवारको बसोवास रहेको छ।

पछिल्लो समय नयाँ निर्माण भएका एव्म मर्मत गरिएका सडकको नाली निर्माण नहुदा सो क्षेत्रमा डुवानको खतरा झन बढ्दै गएको छ। राना टोलमा यस अघिको वर्षातको समयमा डुवान हुदा स्थानीयले क्षति व्यहोर्नु परेको थियो। त्यसैले आगामी आर्थीक वर्षको लागि योजना छनोटको प्रक्रिया चलिरहेका वेला स्थानीय सरकारलाई डुवानको समस्या निराकरण हुने योजना छनौट गर्न माग गरिएको लजावाती रानाले बताईन।

डुवान प्रभावित क्षेत्रको रुपमा रहेको राना टोलको समस्या समाधान गरिदिन भनि पटक–पटक सरोकारवाला निकायलाई गुर्हादा समेत वास्ता नगरेको आरोप स्थानीयको रहेको छ। लिखित र मौखिक रुपमा जानकारी गराएको भएपनि कुनै निकाय पनि सो समस्या समाधानमा सक्रियताका साथ लागेको देखिन्न। बस्ती स्तरका योजना छनौटमा पनि स्थानीयले सोही योजनाहरु राख्न माग गर्ने तयारी गरेको स्थानीय मिलन रानाले बताए।

अहिले विभिन्न चरणमा योजना छनोट प्रक्रिया सबै स्थानीय तहले सुरु गरेका छन्। स्थानीय तहलाई गत विगतका वर्षमा राजनीतिक पहँुचको आधारमा योजना छनोट गरेको आरोप लाग्ने गरेको थियो। त्यसैले प्राथमिकताको पहिचान गरि योजना गर्दा बढी भन्दा बढी स्थानीय लाभाम्वीत हुने विश्वास गरिएको छ भने बस्तीस्तरका योजना छनौट गर्दा स्थानीयले पनि सक्रियताका साथ सहभागिता जनाउन आवश्यक छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस