सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी होलसेल व्यवसायीको साधारण सभामा ४१ जनाद्वारा रक्तदान 

२०८० चैत्र १७, ०६:१४ खबर संवाददाता

धनगढीः धनगढी होलसेल व्यवसायी संघको पाँचौ साधारण सभामा ४१ जनाले रक्तदान गरेका छन्।

शनिवार धनगढीमा  सम्पन्न भएको संघको साधारण सभा रक्तदान गरेर सम्पन्न भएको हो। होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट रहेका थिए। संघका वरिष्ठ उपाध्यक्ष श्यामकृष्ण खतिवडाले साधारण सभामा उपस्थित सबैलाई स्वागत गरेका थिए।

उनले व्यवसाय गर्न अहिले निकै कठिन भएको उल्लेख गर्दै राज्यलाई कर तिर्दै आए पनि व्यावसायिक वातावरण निर्माण गर्न राज्य तथा गैर राज्य पक्षबाट सहयोग नमिलेको बताएका छन्। साधारण सभामा संघका महासचिव यमनाथ सिग्देलले महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष विनोदकुमार जिसीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए।

संघको साधारण सभामा  उपाध्यक्ष जयन्द्र स्वाँर, संघका निवर्तमान अध्यक्ष तिलकचन्द्र खतिवडा, उद्योग वाणिज्य संघ कैलालीका महासचिव ओमबहादुर बिष्ट, सदस्य शिवराज फुलारा, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी धनगढी उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष बुद्धिबहादुर खड्का सहितका अतिथिहरूले स्वागत मन्तव्य राखेका थिए। साधारण सभामा संघमा आवद्ध धनगढीका होलसेल व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस