सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु

२०७६ जेठ ७, ०७:५८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजेको समयमा धनगढी उप–महानगरपालिका वडा नम्बर ८ वेलीको जंगलमा से १ त २३६४ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा चालक धनगढी ४ का ३१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट फुलबार जादै गरेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनापछि गम्भीर घाईते भएका चौधरीको उपचारका क्रममा निर्सग अस्पतालमा मृत्यु भएको हो।  

कमेन्ट लोड गर्नुस