सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट खुल्यो

२०८० चैत्र १६, ०५:५९ खबर संवाददाता

धनगढीः धनगढीको एलएनचोकमा टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्राइभेट लिमिटेडको शाखा कार्यालय सञ्चालनमा आएको छ।

जापान जान चाहने विद्यार्थीहरू र कामदारहरूको लागि सजिलै जान चाहानेहरुका लागी टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्राइभेट लिमिटेड सञ्चालनमा आएको हो। बुधवार एक कार्यक्रमका बिच टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्राइभेट लिमिटेडको शाखा सञ्चालनमा आएको छ।

टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक प्रकाशमान महराले रिबन काटेर शाखाको उद्घाटन गरेका हुन्। टोकियो इन्टरनेशनल एजुकेशनले हालसम्म १० हजार भन्दा बढी विद्यार्थीहरूलाइ भाषा सिकाएर भिषा लगाउन सफल भएको टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक महराले जानकारी दिए।

जापानमा भिषा लगाउने मात्रै नभई गएका विद्यार्थीहरू लाई काम खोजेर काममा समेत लगाइदिने गरेको उनले बताए। एन ४एन ५ को जापानिज भाषा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन गराइने उनले बताए। यस संस्थाको जापानमा आफ्नै सम्पर्क कार्यालय तथा होस्टेलसमेत रहेको महराले वताए। 
 

कमेन्ट लोड गर्नुस