सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु

२०८० चैत्र १६, ०४:४२ रासस

कञ्चनपुरः  सुदूरपश्चिम प्रदेशमा साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७७÷७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७७÷७८ मा एक सय ८७, आर्थिक वर्ष २०७८÷७९ मा एक सय ९६, र आर्थिक वर्ष २०७९÷८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले बताए। अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उनको भनाइ छ।

“दुर्घटनाको कारण अनियिन्त्रित भएर सवारी हाँक्नु प्रमुख रहेको छ। कतिपय अवस्थामा सडक पनि दुर्घटनाको कारण बनेका छ”, प्रहरी नायव उपरीक्षक उप्रेतीले भने “प्रदेशका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रमहरु सञ्चालित छन्।”
 

कमेन्ट लोड गर्नुस