सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बदनाम’ सामाजिक मन्त्रालय सुधार गर्छु : मन्त्री चौधरी

२०८० चैत्र १६, ०३:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले ‘बदनाम’ मन्त्रालय सुधार गर्ने बताएका छन्। उनले पूर्व मन्त्री र कर्मचारीहरूले सामाजिक विकास मन्त्रालय बदनाम बनाएकाले सुधार गर्ने बताएका हुन्। उनले भने, ‘नेतृत्व र कर्मचारीको नियतमा भरपर्ने कुरा हो। सबैको सहयोग र सकारात्मक गतिविधि भयो भने, हिजोका दिनहरूमा लागेका कलङ्कहरू चिर्न सक्छौ।’ उनले मन्त्रालयमा हुने अनुचित गतिविधिहरूलाई स्वीकार गर्न नसक्ने बताए।

नागरिक उन्मुक्ति पार्टीबाट सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गरेका मन्त्री चौधरीले जन अपेक्षाका कामहरू गर्ने बताएका छन्। उनले भने, ‘मन्त्रालयका गतिविधि अध्यायन गर्छु। पारदर्शी हिसाबले जनताको आशा नतोड्ने योजना ल्याउने छौ। हाम्रो पार्टीका प्रतिबद्धताहरूसमेत पूरा गर्ने छु।’

प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, शिक्षा, खेलकुद तथा महिला विकासका क्षेत्रमा काम गर्दै आएको छ। मन्त्रालय मातहतमा ४८ वटा कामहरू रहेका छन्।

 

 

 

 

 

कमेन्ट लोड गर्नुस