सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मनेहरा स्थित एक गोठमा आगलागी

२०८० चैत्र १५, ०८:२३ खबर संवाददाता

धनगढीः धनगढीको मनेहरा स्थित एक गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका-७ मनेहराको जे.पि.चोक बस्ने बाटु कामीको गोठमा मच्छर मार्नको लागि बालेको आगोबाट बुधवार राति आगलागी भएको हो। आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बाख्राका पाठा जलेको प्रहरीले जनाएको छ।

बाटु कामीको पिठ्यू, हात र खुट्टामा जलेर सामान्य घाईते हुँदा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार पश्चात डिस्चार्ज भएकी छिन्। गोठ पुर्ण रुपमा जली नष्ट भएको र उक्त आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको जिल्ला प्रूहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस