सुदूर नेपाललाई विश्वसँग जोड्दै

हैदरावादद्धारा मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य

२०८० चैत्र १४, ०९:५५ खबर संवाददाता

इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले आईपीएल इतिहासकै सर्वाधिक रन बनाएको छ।

मुम्बई इन्डियन्ससँग भइरहेको खेलमा राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर बलिङ रोजेको हो। टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनाएको छ।

अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिड हेडले २४ बलमा ६२ रन र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए। एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए। हैदरावादले आज आईपीएल इतिहासमा सबैभन्दा ठूलो स्कोर बनाएको हो। यसअघिको कीर्तिमान आरसीबीको नाममा थियो। आरसीबीले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो।
 

कमेन्ट लोड गर्नुस