सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा फेरी थप सात जनामा कोरोना पुष्टि 

२०८० चैत्र १४, ०५:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा बुधवार (आज) एकै दिन थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधवार (आज) १२७ जनाको स्वास्थ्य परिक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोेरोना संक्रमण देखापरेको जनाएको छ।

आइतवार र सोमवार १।१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो। 
 

कमेन्ट लोड गर्नुस