सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको के.आई.सिंहमा आगलागीबाट एक घर जलेर नष्ट

२०८० चैत्र १४, ०७:२४ खबर संवाददाता

डोटीः डोटीको के.आई.सिंह गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। के.आई.सिंह गाउँपालिका-१ लोली स्थित जोगेनी बि.क.को २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा,भाँडा बर्तन लगायतका सामान गरि अन्दाजी २ लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए। उक्त आगलागीबाट मानबिय÷चौपाया क्षती नभएको तथा आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस