सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्दाका धनगढीको फरार दोषी पक्राउ

२०८० चैत्र १४, ०७:१४ खबर संवाददाता

धनगढीः चेक अनादर मुद्दाका धनगढीको एक जना फरार दोषी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ बस्ने ४७ वर्षीय जनकबहादुर देउल्याल मंगलवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरिवाना ठहर गरेपछि देउल्याल फरार रहेका थिए। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत समक्ष पेश गरेको छ।

कमेन्ट लोड गर्नुस