सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशका २८ स्थानीय तह बैंकविहीन

। फोटो स्रोत ।
२०७६ जेठ ६, ०१:४७ खबर संवाददाता

देशभरका २८ वटा स्थानिय तहहरु अझै पनि वाणिज्य बैंकको शाखाविहीन रहेको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तिय स्थितिको रिपोर्टले देखाएको छ। सरकारले यो वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गर्ने जनाएको भए पनि ७ सय ५३ वटा स्थानीय तहमध्ये अहिले सम्म ७ सय २५ स्थानीय तहमा मात्रै बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रदेश पाँचका सबै १ सय ९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे पनि अन्य २८ वटा स्थानिय तहमा भने बाणिज्य बैंकको शाखाविहिन रहेका छन।  प्रदेश १ का १ सय ३७ वटा स्थानीय तह मध्ये  १ सय ३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहमा, प्रदेश ३ का १ सय १९ मध्ये १ सय १७ स्थानीय तहमा र गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये ८३ वटा तहमा बैंकका शाखा पुगेका छन्।

कर्णाली प्रदेशका ७९ मध्ये ६७ वटा स्थानीय तहमा मात्रै बैंकका शाखा पुगेका छन् भने सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छन्। बैंकका शाखा नपुगेका स्थानीय तहमा छिट्टै नै शाखा र्पुयाउने तयारी भैरहेको राष्ट्र बैंकले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस