जात्रै जात्राको च्यारिटी सोबाट संकलन भएको रकम दृष्टि फाउण्डेशनलाई

नेपाली चलचित्र जात्रै जात्राको च्यारिटी सोबाट संकल भएको रकमबाट सामान खरिद गर्दै दारी ग्याङ धनगढीले दृष्टि फाउण्डेसनलाई हस्तान्त्रण गरेको छ। सामाजिक कार्यमा लागेका धनगढीका युवाहरुको समुह दारी ग्याङले प्रदिप भट्टराईले निर्देशन गरेको जात्रै जात्रा चलचित्रको च्यारिटी सो गरेको थियो। सोबाट संकलन भएको ३४ हजार बराबरको सामान फाउण्डेसनलाई हस्तान्त्रण गरिएको हो।
दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले चलचित्रको च्यारिटि सो जेठ ३ गते जोशी टाकिजमा भएको बताए। उनले ७४ हजार रकम च्यारिटी सोबाट संकलन भएकोमा सात हजार दारी ग्याङको खातामा जम्मा गरिएको, बाँकी खर्च भएको र ३४ हजार बराबरको दराज, पिन्टर, बुफर लगाएतका सामान हस्तान्तण गरिएको बताए। च्यारिटी सोको टिकट एक सय, एक सय ५० र दुई सय निर्धारण गरिएको थियो।




