सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बस दुर्घटना, ५ जना घाईते

२०७६ जेठ ६, १२:२४ खबर संवाददाता

कैलालीमा बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ३  चौकीडाँडामा ना ५ ख ८०१९ नम्बरको बस दुर्घटना भएको हो। महेन्द्रनगरबाट अत्तरिया आउँदै गरेको बस तिव्र गतीका कारण दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ। चालक सम्पर्कमा नरहेको कैलाली प्रहरी प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले बताए। उनको खोजी कार्य जारी छ। घाईते पाँच जनाको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस