सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा माटोको ढिस्कोले पुरिएकी एक महिलाको मृत्यु

२०८० चैत्र ११, ०८:३५ खबर संवाददाता

डोटीः डोटीमा माटोको ढिस्कोले पुरिएकी एक महिलाको मृत्यु भएको छ।

शिखर नगरपालिका–९ ढुङग भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर शिखर नगरपालिका–९ छोया बस्ने बसन्त रोस्याराको श्रीमती २२ वर्षीया निर्मला रोस्याराको शनिवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

सोही ठाँउका अन्य ३ जना समान्य घाईते भएका छन्। घाईते हुनेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीया लक्ष्मी रोस्यारा, २९ वर्षीया दिपा रोस्यारा र ४० वर्षीया सुना भुल रहेको प्रवक्ता श्रीवास्तवले  जानकारी दिए। माटोको ढिस्को खसेर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलतालीबाट प्रहरी टोली खटिई उद्दार गरेको थियो। 

कमेन्ट लोड गर्नुस