सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अबैध काठ बरामद

फाइल फोटो
फाइल फोटो
२०८० चैत्र ११, ०८:०९

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ।

गौरीगंगा नगरपालिका-७ सोनपाल सामुदायिक वन स्थित सानटोन्द्रा भन्ने ठाउँबाट बेवारिसे अवस्थामा राखिएको सालको १२ गोलिया (९८.२९ क्युफिट) अबैध काठ शनिवार दिउँसो प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोली र सव डिभिजन वन कार्यलय मसुरियाबाट खटिएको संयुक्त टोलीले उक्त अबैध काठ बेवारिसे अवस्थामा फेला पारि कारवाहीको लागि सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ। 
 

कमेन्ट लोड गर्नुस