कैलालीको लम्कीमा कोईला मिलमा परेर एक बालकको मृत्यु

२०७६ जेठ ६, ११:३१
कैलालीको लम्कीमा कोईला मिलमा परेर एक बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ मा रहेको कोईला मिलमा परी सोही स्थानका ४ वर्षीय बालक आयुष कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार धर्मा वैकल्पिक उर्जा उद्योगमा आईतबार साझ भुसामा खेलिरहेको अवस्थामा मिल चलेपछि पाईपले भुसासंगै बालक पनि तानेको थियो। उनको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।





कमेन्ट लोड गर्नुस