सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा प्राध्यापक र कर्मचारीद्धारा तालाबन्दी

२०७६ जेठ ६, १०:४५ खबर संवाददाता

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएपछि तलब भत्ता नपाएको भन्दै दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। गोकुलेश्वर बहुमुखी क्याम्पसका उप–प्राध्यापक कविराज जोशीको अध्यक्षतामा बसेको शिक्षक कर्मचारीको बैठकले आजदेखि अनिश्चितकालीन तालाबन्दी निर्णय गरेको हो। 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन हुने बेला भएका दुई पक्षिय सहमती कार्यान्वयन नभएको तथा ११ महिनादेखि तलब भत्ता समेत नपाएको भन्दै तालाबन्दी गरिएको उप–प्राध्यापक जोशीले जानकारी दिए। विश्वविद्यालय प्रशासनसंग पटक पटक माग सम्बोधन नगरिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको शिक्षक कर्मचारीले बताएका छन्। गोकुलेश्वर बहुमुखी क्याम्पस गत साउनमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको थियो।  

कमेन्ट लोड गर्नुस