सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८० चैत्र १०, ०८:२१ खबर संवाददाता

बझाङः बझाङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ।

जयपृथ्बी नगरपालिका–१० सदरमुकाम चैनपुर बजार स्थित सर्जन थापाको घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा अचानक बिद्युतको तार सर्ट भई शुक्रवार राति आगलागी भएको हो। आगलागी हुँदा उक्त पसल र घर भित्र रहेका सर–सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उक्त आगलागीबाट मानविय क्षती नभएको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दलकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ।   

कमेन्ट लोड गर्नुस