सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको झण्डै ७२ हजार हेक्टर वन क्षेत्रमा आगलागी

२०७६ जेठ ६, १०:२४ कमल सावद

नेपालमा सबै भन्दा बढि वन क्षेत्र भएको कैलालीमा झण्डै ४० प्रतिशत बढि वनमा डढेलो लागेको छ। सामुदायिक वन, राष्ट्रिय वन तथा साझेदारी वन क्षेत्र डढेलोका कारण खरानी भएका छन्। कुन क्षेत्रमा कति हेक्टरमा डढेलो लागेको छ भन्ने यकिन तथ्याङक नभए पनि जिल्लाको एक लाख ८० हजार वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्र आगलागीबाट प्रभावित भएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।

गर्मी मौसम सुरु भएसंगै कैलालीको चुरे क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन्। तराईमा पनि आगलागीले वनमा ठुलो क्षती भएको छ। डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी भीम ढकालले दुई लाख पाँच हजार हेक्टर वन क्षेत्र मध्ये २५ हजार  हेक्टर विभिन्न वाहानामा अतिक्रमण गरिएकोमा एक लाख ८० हजार हेक्टर मध्ये अहिले झण्डै ७२ हजार हेक्टर वनमा डढेलो लागेको जानकारी दिए।

आगलागीबाट सबैभन्दा बढि चुरेको वन प्रभावित भएको छ। भौगोलिक कठिनाई, भिरालो क्षेत्रमा डढेलो चाडो सल्कीन र पातलो बस्ती भएका कारण चुरे क्षेत्रको डढेलो नियन्त्रण गर्न चुनौतीका रुपमा देखा परेको शव डिभिजन वन कार्यालय सहजपुरका प्रमुख डबल बोहोराले बताए। कैलालीमा सामुदायिक वनको संख्या पनि कम र समुदायबाट डढेलो नियन्त्रणका लागि गरिएका प्रयासहरु पनि असफल भएपछि हजारौँ हेक्टर वन क्षेत्र प्रभावित भएको हो।

डढेलोका कारण वनसंगै वन्यजन्ुतको बास्थानमा पनि क्षती पुगेको छ। वनमा रहेका स–साना जिवहरुको वंश समेत नास भएको छ। उनीहरुको वातावरणीय सन्तुलन राख्नका लागि महत्वपुर्ण भुमिका हुने भएकाले जनस्तरबाट पनि वनलाई जोगाउन आवश्यक हुन्छ। मानवीय कमजोरी र वन कार्यालयहरुको डढेलो नियन्त्रणका दुरगामी योजना नभएका कारण चार बर्ष यताकै वन क्षेत्रमा बढि डढेलो लागेको हो। गाई बस्तु चराउने गोठालाहरु, बाटामा हिड्ने बटुवाहरु, वनभोजमा जानेहरुले वनमा डढेलो लगाई दिने गरेका हुन्छन्।  

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस