सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउने सरकारको निर्णय

२०८० चैत्र ९, ०८:०४ खबर संवाददाता

काठमाडौँः चौधरी ग्रुपले हडपेको तत्काली बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा कायम भएको छ।

मालपोत कार्यालय डिल्ली बजारले हाल सिजी चाँदबाग रेसिडेण्सी प्रालिको नाममा रहेको जग्गालाई नेपाल सरकारको नाममा ल्याएको मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले जानकारी दिए। उनका अनुसार मालपोत ऐनको दफा २०३४ को दफा २४ मा भएको व्यवस्थाअनुसार जग्गालाई नेपाल सरकारको नाममा स्वःत कायम गरिएको हो। बाँसबारी छाला जुत्ता कारखानाको १० रोपानी जग्गालाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को सहयोगमा थप अनुसन्धान गरेर गरेको उनले बताए।

नेपालीले भने, ‘भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार मालपोत कार्यालयबाट बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारीकरण गर्ने निर्णय गरेका छौं। बाँसबारी छाला जुत्ता कारखानाको १० रोपानी जग्गालाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा थप अनुसन्धान गरेर सरकारको नाममा ल्याएका छांै। भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कब्जा तथा हडपेका सरकारी जग्गालाई सरकारीकरण गर्ने अभियानमा सरकारले काम सुरु गरेको बताए।

तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चौधरीको स्वामित्व रहेको सिजी चाँदबाग रेसिडेण्सीमा पुगेको हो। उक्त प्रकरणमा गत फागुन १८ गते सीआईबीले सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस