सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसबाट उत्रिने क्रममा खसेर एक महिलाको मृत्यु

२०७६ जेठ ५, ०७:३१ खबर संवाददाता

कैलालीमा बसबाट उत्रिने क्रममा खसेर एक महिलाको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ गोप्कामा बसबाट उत्रिने क्रममा खसेर प्रतापपुरकी रमिता न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। बसबाट खसेर गम्भीर घाईते भएकी न्यौपानेलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। न्यौपाने आज  बिहान ना ५ ख ७८८९ नम्बरको बसबाट उत्रिने खसेर खसेकी थिईन्। 
 

कमेन्ट लोड गर्नुस