सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नक्कली सर्टिफिकेट पेश गर्ने शिक्षिका विरुद्ध विशेष अदालतमा मुद्दा दायर

२०७६ जेठ ५, ०७:२१ खबर संवाददाता

कैलालीमा नक्कली सर्टिफिकेट पेश गरी अध्यापन गर्ने शिक्षिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा रहेको दशरथ माध्यमिक विद्यालयको प्राथमिक तहमा कार्यरत शिक्षिक मधु कुमारी भण्डारी जोशी विरुद्ध अख्तियारले आज विशेष अदालतमा काठमाडाँैमा आरोप पत्र दायर गरेको हो।

जोशीले भारतबाट एसएलसी पास गरेको नक्कली सर्टिफिकेट पेश गरी सेवासुविधा लिएको भनी परेको उजुरीमाथि छानविन गर्दा दोषि देखिएपछि आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। जोशील भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल परिक्षा अथात् एसएलसी सरह उत्र्तिण भएको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी निजी स्रोतबाट  प्रावि द्धितिय तहको शिक्षकको नियुक्ति लिएर सरकार लाभ समेत लिएको पुष्टि भएको छ। जोशि विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कारवाहीको माग गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले  जानकारी दिए। 
 
 

कमेन्ट लोड गर्नुस