सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ

२०८० चैत्र ८, ०६:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पुर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको प्रहरीले जनाएको  छ। 

बलौरी–५ मैनाहका २४ वर्षीय राजेश चौधरीलाई २६.५४ क्युफिट सालको काठसहित बिहीवार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। चौधरी र काठ समेतलाई आवश्यक कारबाहीको लागि प्रहरीले सव डिभिजन वन कार्यालय पचकडिया पुनर्वासको जिम्मा लगाएको छ।
 

कमेन्ट लोड गर्नुस