सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममामा दोहोरो झडप

२०७६ जेठ ५, ०४:५९

धारीलो हतियार प्रहारबाट अछाममा एक जना घाइते भएका छन्। जिल्लाको तुर्माखाद गाँउपालिका वडा नम्बर ८ का भिमबहादुर विष्टले भिमबहादुर विष्ट नै नाम गरेका पूर्व शिक्षकलाई धारीलो हतियार प्रहार गरि घाईते बनाएका हुन्। स्थानीयले खुकुरी प्रहार गरिएको बताएपनि प्रहरीले भने अस्पतालको घाउजाँच पछि मात्र खुल्ने जनाएको छ। हतियार प्रहार गर्ने विष्ट वडा अध्यक्षका नेकपाबाट प्रत्यासी हुन भने, घाईते भएका विष्ट सिद्धेश्वरी माध्यामिक विद्यालयका पूर्व शिक्षक हुन्। गयराती शिक्षकको घरमा नै उनीहरु गएपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ। दुबै पक्षका अन्यलाई सामान्य चोट लागेको प्रहरीले बताएको छ। शिक्षक विष्टको टाँउकोमा चोट लागेको छ। अन्य ६ जनाको पनि हातमा चोट लागेको छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस