सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा टुईन्च मोटर बम फेला

२०८० चैत्र ७, ०७:४० खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरीमा टुईन्च मोटर बम फेला परेको छ।

गोदावरी नगरपालिका–४ को हाटखोलीमा आज (बुधवार) नेपाली सेनाले प्रयोग गर्ने टुइन्च मोटर बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए। विष्टका अनुसार स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो। उक्त टोलीले बमलाई डिस्पोज गरिसकिएको प्रहरीले जनाएको छ। हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने क्रममा करिब एक महिना अगाडी बम हराएको र आज फेला परेको बम त्यही हुनसक्ने अनुमान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस