सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी

साङ्केतिक फोटो
साङ्केतिक फोटो
२०८० चैत्र ७, ०६:१६ खबर संवाददाता

बझाङः बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी गरिएको छ। खप्तडछान्ना गाउँपालिका–४ मा रहेको एक पसलमा बुधवार (आज) बिहान आगलागि गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार स्थानिय हिक्मत बहादुर रोकायाले सञ्चालन गरेको किराना पसलमा अज्ञात व्यक्तिले आगजनी गरेकोे हो। भुइतले तीन कोठे उक्त पसलमा आज बिहान करिब १० बजेतिर अपरिचित व्यक्तिले आगजनी गरेको अनुसन्धानबाट खुलेको सुचना अधिकारी चौधरीले बताए।

आगलागिबाट पसलमा रहेका दुई वटा प्रेसरकुकर लगाएत अन्य सामानहरु जलेर नष्ट भएका छन् भने पसलमा आशिंक क्षति पुगेको छ। यस्तै पसलबाट चाउचाउ बिस्कुट लगाएतका सामानहरु समेत चोरी भएको बताइएको छ। आगजनी गर्ने व्यक्तिको खोजि कार्य भइरहेको बझाङ प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस