सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने

। फोटो स्रोत ।
२०७६ जेठ ५, ०४:२४ खबर संवाददाता

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने भएको छ। दुइपांग्रे सवारीमा दुर्घटना बढी हुने र बढीमा पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेका कारण पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले जानकारी दिए।

उनले भने, ‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ, यातायात व्यवस्था ऐन २,३ महिनामा स्वीकृत(पास) हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ।’ साधारण हेल्मेट नभई आइएसओ स्ट्याण्डर्डको हुने भन्दै उनले ‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको र त्यही अनुसार अगाडि उनले बताए। 

कमेन्ट लोड गर्नुस