सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा विप्लव समुहका एक जना कार्यकर्ता पक्राउ

। फोटो स्रोत ।
२०७६ जेठ ५, ०१:५२ खबर संवाददाता

विप्लव नेतृत्व नेकपा डोटीका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर ४ भमराका प्रकाश थापा रहेको प्रहरीले जनाएको छ। आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय शिलगढी लगिएको र सोध पुछ गरि बयान पछि आवश्यक कानूनी कावाही गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। 

बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति एक समुहले आगजनी गरेको थियो। सो आगजनी विप्लव समहले आगजनी गरेको हुन सक्ने अनुमानमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस