सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशको अस्थायी राजधानी धनगढीकै स्थानीय आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित

२०७६ जेठ ५, ११:२५ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीकै स्थानीय आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का स्थानीयले वडामा आधारभुत स्तरका स्वास्थ्य संस्थाको स्थापना नभएपछि सेवाबाट वञ्चित भएको गुनासो गरेका हुन्। सरकारले ल्याएको एक वडा एक स्वास्थ्य चौकीको अवधारण पनि कार्यान्वयन नभएपछि आधारभुत स्वास्थ्य सेवाका लागि पनि धनगढी धाउनुपर्ने बाध्यता रहेको छ।

निर्वाचनका बेला आश्वासन दिने नेताहरुले समेत वडामै आधारभुत स्वास्थ्य सेवा सञ्चालनका लागि पहल नगरेको स्थानीय पुजा ठकुल्लाले बताईन। ‘वडामा स्वास्थ्य चौकी समेत स्थापना नभएपछि भगवती टोल संगै आसपासका टोलका स्थानीय पनि आधारभुत स्वस्थ्य सेवा बाट वञ्चित भएका छन्।’ उनले भनिन्। भौतिक पुर्वाधरका हिसावले पछाडी परेको सो टोलमा सामान्य स्वास्थ्य सेवा पनि नहुदा स्थानीय समस्यामा परेको अर्का स्थानीय लक्ष्मी शाहुले बताईन।

वर्षौ अगाडी देखि सामान्य स्वास्थ्य सेवाबाट पनि वञ्चित भएका स्थानीयवासी प्रदेश र स्थानीय सरकार आएपछि समस्याको समाधान हुन्छ की भन्ने आशामा थिए। तर स्थानीय सरकार आएको दुई वर्ष हुदै लाग्दा पनि टोलमा आधारभुत स्वास्थ्य सेवा विस्तारका लागि कसैले वास्ता नगरेको स्थानीय रत्ना विष्टले बताईन। हुन त नेपाल सरकारले पनि एक वडा एक स्वास्थ्य चौकीको अवधारण ल्याएको छ।

तर सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा सुगम जिल्ला मानिने कैलालीको धनगढी उप–महानगरपालिकाका स्थानीय सामान्य स्वास्थ्य सेवा बाट पनि वञ्चित हुनु दुर्भाग्यपुर्ण भएको भन्दै स्थानीय र प्रदेश सरकारको आलोचना समेत हुन थालेको छ। मावन जिवनको लागि स्वास्थ्य सेवा महत्वपुर्ण भएकाले सो क्षेत्रमा तत्काल आधारभुत स्वास्थ्य केन्द्र स्थापन गर्न माग गरिएको छ। अहिले उप–महानगरपालिकाको वडा नम्बर ९ भगवती टोलका स्थानीयले सामान्य स्वास्थ्य सेवा लिनको लागि घुईयाघाट तथा धनगढी आउनु पर्ने बाध्यता रहेको छ। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस