सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाबाट ४५.२७ क्युफिट सालको काठ बरामद

२०८० चैत्र ४, ०४:२० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट अबैध सालको काठ बरामद गरिएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीबाट अबैध सालको काठ प्रहरीले बरामद गरेको हो।

४५ दशमलव २७ क्युफिट अबैध सालको काठ शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको प्रहरी टोलीले जमिनभित्र लुकाई राखेको अवस्थामा फेला पारेको हो। बरामद गरिएको काठ सव–डिभिजन वन कार्यालय कलुवापुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस